गेरुवा गाउँपालिकामा तेस्रो बृहत खुल्ला अध्यक्ष कप फुटवल प्रतियोगिताको आयोजना हुँदै
बर्दिया टुडे
फाल्गुण ६, २०७७ बिहिवार
०७:५४:२४ मा प्रकाशित
2.6K
SHARES
2.6K
SHARES
महाशिवरात्रीको अवसर पारेर गेरुवा गाउँपालिकामा तेस्रो बृहत खुल्ला अध्यक्ष कप फुटवल प्रतियोगिताको आयोजना हुने भएको छ ।
गेरुवा गाउँपालिका बडा नंं. ४ स्थित नवज्योती बजार(खोल्टिवजार) खेलमैदानमा फागुन २४ गते देखी खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता गेरुवा गाउँपालिकाको सहयोगमा गेरुवा गाउँपालिका खेलकुद विकास समितिले आयोजना गरेको हो ।
आयोजकले टिम दर्ता शुल्क ५ हजार ५ सय ५५ रुपैया निर्धारण गरी सम्बन्धित क्लव,संस्था, वडा,नगरपालिका वा गाउँपालिकाको सिफारिस सहित फागुन २१ गते साँझ ४ वजे सम्म टिम दर्ताका लागि इच्छुक खेलाडीहरुलाई आह्वान गरेको छ । खेल टाइ सिट सिष्टमका आधारमा खेलाईने वताईएको छ ।
प्रतियोगिताको विजेता टिमलाई प्रमाणपत्र र ट्रफी सहित नगद १ लाख १ हजार १ सय ११ र उपविजेता टिमलाई प्रमाणपत्र र ट्रफी सहित ५५ हजार ५ सय ५५ रुपैँयाको पुरस्कारको ब्यवस्था गरिएको गेरुवा गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष कृष्णगोपाल चौधरीले बताए ।