Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवा गाउँपालिकाका किशोरी तथा अभिभावकहरु बालविवाह रोक्न प्रतिबद्ध

  • बर्दिया टुडे
  • 2.5K
    SHARES
  •  

    बालविबाह न्यूनीकरणका लागी गेरुवा गाउँपालिका वडा नं. ५ का किशोरी तथा अभिभावकहरु बालविवाह रोक्न प्रतिबद्ध भएका छन् ।

    बाँके युनेस्को क्लवको आयोजना तथा प्लान ईन्टरनेशनल नेपालको सहयोगमा गेरुवा गाउँपालिका वडा नं. ५ मा सम्पन्न भएको बालविवाह न्यूनीकरण सम्बन्धि अन्तर पुस्ता कार्यक्रममा अभिभावक, तथा किशोरीहरुले बालबिवाह रोक्ने प्रतिबद्धता जनाएका हुन ।


    ADVERTISEMENT

    images

    बालविबाह सम्बन्धी कानुनी व्यवस्था, बालविवाह न्यूनीकरणमा स्थानीय सरकार तथा अभिभावकको भुमीका, विवाहबाट हुने असर र अभिभावकहरुले खेल्ने सकारात्मक भुमिकाको विषयमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रकाका कुलराज दहितले सहजीकरण गरेका थिए ।

    कार्यक्रममा उपस्थित किशोरीहरुले अभिवाकको बालबालिका माथि हुने बन्देज र बालबालिकालाई अभिभावकले समय नदिनुले पनि पछिल्लो समय बाल बिवाह बढेको बताएका थिए ।

    कसैको एकल पहलले मात्र बालविवाह नरोकीने भन्दै कार्यक्रमका सहभागीहरुले सबै पक्षबीच सम्वादको आवश्यकता रहेको बताए ।

    बालविवाह रोकथाम र नियन्त्रण गर्न सचेतना फैलाउन तथा वाल विवाह र जवरजस्ती हुने विवाह रोकथाम र नियन्त्रणगर्न समानका अगुवाहरुको भूमिकाका बारेमा जानकारी दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको वाँके युनेस्को क्लवका फिल्ड सुपर भाईजर संजिता रिजालले वताईन ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij