गेरुवा गाँउपालिकालाई छुवाछुत तथा भेदभाव मुक्त पालिका बनाउने अभियान शुरु
बर्दिया टुडे
फाल्गुण १, २०७७ शनिवार
२०:५७:२८ मा प्रकाशित
1.9K
SHARES
1.9K
SHARES
बर्दियाको गेरुवा गाँउपालिकालाई छुवाछुत तथा भेदभाव मुक्त पालिका बनाउने अभियानको थालनी गरिएको छ ।
गाँउपालिकाको सहयोगमा दलित सेवा संघ गेरुवा उपशाखाको सकृयतामा शुक्रवार देखि अभियानको थालनी गरीएको हो।
एक कार्यक्रमका विच गाउँपालिका उपाध्यक्ष हिम कुमारी थारूले पानसमा दिप प्रज्वलित गर्दै अभियानको थालनी गरेकी हुन।
वडा नं. ६ वाट सुरु गरीएको अभियानले राज्यका हरेक तहमा दलितहरुको सहज पहुँच पुऱ्याउन चेतनाको अभिवृद्धि गर्दै सरोकारवालाहरुलाई दवाव सिर्जना गर्न मद्यत पुग्ने दलित सेवा संघ गेरुवा उपशाखाका अध्यक्ष वम वहादुर वि.क. ले वताए ।
राज्य द्वारा निर्माण गरिएका ऐन, कानूनमा व्यवस्था भएका अधिकार प्राप्तिका लागि गाउँपालिकाले निति तथा कार्यक्रमबाटै सम्बोदन गर्ने तयारी गरिरहेको गाँउपालिकाकी उपाध्यक्ष हिम कुमारी थारूले बताईन ।
‘दलित तथा सिमान्तकृत समुदायलाई सहयोग पुग्ने गरि नीति तथा कार्यक्रम बनाईरहेका छौ’ उनले थपिन ।
दलित समुदायका अधिकार प्राप्तिका लागी राज्यद्वारा निर्माण गरिएका ऐन नियमको पालना गर्न र गराउन सके मात्र पनि ठूलो उपलब्धि हुने वि.क.ले बताए ।
अभियान अन्तर्गत पालिकाका ६ वटै वडामा सबै वडामा दलित र गैर दलित विच विभिन्न चरणका छलफल तथा अन्तरकृयाका कार्यक्रमहरु सञ्चालन गरिने वि.क.ले बताए ।