Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कविताः नारी के हो त्यो बुझौ

  • बर्दिया टुडे
  • 4.9K
    SHARES
  •  

    नारी यहाँ छन् उपभोग्य बस्तु
    चुल्हो चौको उनैले खट्छिन्
    घरको काम दिनरात गर्छिन्
    जवान भएपछि अर्कै जात हुन्छिन्

    काम गर्दागर्दा सास फेर्न पाउँदिनन्
    घर फर्कँदा ढिलो आउने छुट हुँदैन

    दिनरात पसिना बगाउँदा पनि
    सघाउने कोही पुरुष त के !
    सासु, नन्द एकएक हिसाक निफन्छन्
    नारीको अधिकार शाेष्ने नारी नै हुन्छिन्

    नारी यहाँ छन् बजारमा सजावटमा
    जति राम्री उत्ती हेराइको शुल्क
    कतै मिस नेपालमा
    कतै मिस वर्ल्डमा
    कतै ब्रम्हाण्ड सुन्दरीमा

    नारी यहाँ छन् डिपार्टमेन्टल स्टोरमा
    जति राम्री नारी
    उत्ति उपभोग्य सामान किन्नेको ओइरो

    नारी विकाउ छ कार्यालयमा
    कहीँ सेक्रेटरीमा
    कहीँ पुछपाछमा

    नारी बिकाउ छ गाडीमा
    जहाँ नारीले चढ्छिन्
    त्यहीँ देख्दा भलाद्मी
    सजिसजाउ , सेन्टको बासनायुक्त पुरुषको धमधमी
    गाडी यात्रुले भरिभराउ
    कोचाकोच, खाँदाखाँद
    अस्मिताको बरबादीमा
    ट्राफिक नियम हावा तालमा

    बाहिरकाले त के
    आफ्नै परिवारले
    विदेशी श्रमका नाममा
    कोही केयरगिभरका नाउँमा
    कोही खेलाडीका नाउँमा

    कोही धेरै हालत विग्रेकाले
    दुई छाकका लागि बेचिन्छिन्
    कोही आफैपनि राजी भई
    बम्बै, सम्बै, थाइल्याण्ड, खाइल्याण्ड
    बेश्यालयमा दाउमा विक्छिन्
    लाहुरे संस्कारभन्दा विकराल भो

    छोटो कपडा लगाए सौन्दर्यसाली हुन्छिन्
    बलात्कारको विगविगी छ
    हाय ! कस्तो विचित्र

    नारीलाई यसरी अत्याचार हुँदा
    यही विभेद विरुद्ध टेकी केही नारी बढिन्
    संबिधानले सशक्त पल नारीको ल्यायो
    प्रधान न्यायाधीश नारी भइन्
    सभामुख पनि नारी भइन्
    राष्ट्रपति पनि नारी भइन्

    तैपनि नारीको पुग्दो समावेशी कोटा छैन
    संसदमा अझै पनि
    यो समस्या समाधानका लागि
    रेडलाइट एरियाको आवाज उठ्छ
    चिया खानै हुँदैन
    जहाँ पनि धुवाँ फुक्छ

    यो प्रदुषण खत्तम पार्नै पर्छ
    बवण्डर भो बवण्डरभो
    धेरै बवण्डर भो
    यसका लागि
    सासुले बुहारी सतायो भन्दैमा
    बुहारी सताउने सासु हुनु हुँदैन

    निरन्तरताको क्रमभङ्ग हुनुपर्छ
    सबै नारी एकजुट हुनुपर्छ
    आफ्नो पौरख साँच्नु हुँदैन

    धर्ममा पनि नारीलाई विभेद
    व्रतबन्ध पनि नारीको हुनैपर्छ
    परमात्मा पनि नारी पुज्नु पर्छ
    भेदभाव सारा हट्नु पर्छ

    नारीको अङ्ग प्रदर्शनको गानाको बिगबिगी छ
    त्यहीमा आनन्द लिने बानी परेको छ
    नारी चेली होइनन्
    नारी अवला होइनन्
    नारीलाई आकाशको विभाजन होइन
    नारी सीता, भृकुटी, दुर्गा, सति सावित्रि हुन्
    नारी धर्तिमाता हुन्
    नारी जननी हुन्

    नारी पौरखी हुन्
    काँधमा आएमा जे पनि गर्न सक्छिन्
    पुरुषभन्दा धेरै कदम अगाडि छिन्
    २४ घण्टामा २२ घण्टा खटेर
    पुरूषलाई चुनाैती दिने नारी नै हुन्
    आफुले आफुलाई चिन्न सक्नुपर्छ
    समाजका लागि हरदम डट्नुपर्छ
    यस्ता कुप्रथाहरु अनि अन्त्य हुन्छ

    विकासमा नारी जुटौं
    भेदभावमा ज्वाला फुकौं
    एकजुट बनौं
    सहयोगी पुरुषसँग पनि हातेमालो गरौं

    नारी के हो त्यो बुझौँ , अन्याय पर्दा कहिल्यै नझुकौं
    नारी के हो त्यो बुझौँ , अन्याय पर्दा कहिल्यै नझुकौं

    साभारः मझेरी

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij