अमृत शर्मा ढकालको गीति सङ्ग्रह ‘लजालु पहाडहरू’ सार्वजनिक
बर्दिया टुडे
मंसिर १३, २०७७ शनिवार
२०:२३:२७ मा प्रकाशित
4.2K
SHARES
4.2K
SHARES
युवा गीतकार तथा साहित्यकार अमृत शर्मा ढकालको गीति सङ्ग्रह ‘लजालु पहाडहरू’ सार्वजनिक गरिएकाे छ ।
‘लजालु पहाडहरू’को शनिबार नेपालगन्जमा एक समाराेहबीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवं वरिष्ठ कथाकार सनत रेग्मी, वरिष्ठ शायर अब्दुल लतिफ शौक, प्राज्ञ सभा सदस्य हरिप्रसाद तिमिल्सेना, वरिष्ठ लोकगायक कमल विक निर्माेही, साहित्यकार भोजराज शर्मा ‘नादिर’ लगायतले कृतिकाे संयुक्त रुपमा विमोचन गरेका हुन् ।
बर्दियाको बारबर्दिया नगरपालिका ७ का स्थायी बासिन्दा ढकाल करिब २ दशकदेखि गीत, कविता, गजल र समालोचना सृजनामा क्रियाशील छन् । ढकालको ‘लजालु पहाडहरू’ पहिलो पुस्तकाकार कृति हो । पुस्तकमा ६७ वटा गीत संग्रहीत छन् ।सम्पादन हाउसकाे सहकार्यमा काठमाडाैँबाट युरेका पब्लिकेशनले प्रकाशनमा ल्याएकाे हाे ।