Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नेकपा सचिवालय बैठकमा ओलीले प्रस्तुत गरेकाे ‘काउण्टर’ प्रस्तावमा के छ ? (हेर्नुहाेस पूर्णपाठ )

  • बर्दिया टुडे
  • 3.3K
    SHARES
  •  

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले आफ्नो प्रतिवेदन पेश गरेका छन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावको जवाफसहित ३८ पेजको ५३ बुँदे प्रस्ताव पेश गरेका हुन् ।

    ओलीले पेश गरेको प्रस्ताव अध्ययनका लागि सचिवालय सदस्यहरुलाई वितरण गरिएको छ । प्रस्ताव अध्ययन गरी छलफलका लागि अर्को बैठक मंसिर १६ गतेका लागि बोलाइएको छ । पार्टी कार्यालय धुम्बाराहीमा १६ गते दिउँसो एक बजे बस्ने बैठकले दुई अध्यक्षका प्रस्तावमाथि छलफल अगाडी बढाउने नेताहरुले बताएका छन् ।

    प्रस्ताव पेश गर्ने क्रममा ओलीले कात्तिक २८ गतेको बैठकमा दाहालले पेश गरेको प्रस्ताव र सो प्रस्तावमा उठेका प्रश्नहरुको जवाफ समेत दिएका छन् । ओलीले पेश गरेको प्रस्ताव अध्ययनका लागि सचिवालय सदस्यहरुलाई वितरण गरिएको छ । बैठकमा सचिवालय सदस्यहरुले पार्टीभित्र देखिएको समस्या र संकटहरुको समाधान गर्न छलफलवाटै निकाल्नुपर्नेमा जोड दिएका छन् ।

    अध्यक्षद्वय ओली र दाहाल तथा अन्य सचिवालय सदस्यहरुले पार्टीको एकता बलियो बनाउनुपर्ने विषयमा जोड दिएका हुन् । नेकपाले स्थानीय कमिटी बैठक मंसिर १८ मा र केन्द्रीय कमिटी बैठक मंसिर २५ मा बोलाइएको छ ।

    यस्तो छ, ओलीको काउण्टर प्रस्ताव


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij