Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री ओली

  • बर्दिया टुडे
  • 2.2K
    SHARES
  • काठमाडौँ- स्वास्थ्यमा समस्या भई ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार साँझ डिस्चार्ज भएका छन्। उनी बुधबार बिहान अस्पताल भर्ना भएका थिए। मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि उनको दुईपटक हेमोडायलासिस गरिएको छ।

    यसअघि उनको डायलासिस भएको २८ घन्टापछि अस्पताल र उनका निजी चिकित्सकले उनको डायलासिस भएको जानकारी गराएका थिए।


    ADVERTISEMENT

    images

    ‘प्रधानमन्त्री केपी शर्मा ओली यस ग्रान्डी इन्टरनेशनल हस्पिटलमा नियमित स्वास्थ्य परीक्षण तथ उपचारका लागि भर्ना हुनुभएको आज दोस्रो दिन हो’, अस्पताल र निजी चिकित्सक डा. दिव्या सिंहको विज्ञप्तिमा भनिएको थियो, ‘हाल उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ। यस अस्पतालमा उहाँको स्वास्थ्य परीक्षण र उपचारको क्रममा हेमोडायलासिस गरिएको छ।’

    विज्ञप्तिमा बिहीबार नै डिस्चार्ज हुने जानकारीसमेत गराइएको थियो।

    ओलीको मिर्गौलाको कार्यक्षमतमा ह्रास आएपछि उनलाई डायलासिस गरिएको तर डायलासिस अस्थायी उपचार भएकाले अब पुन : मिर्गौला प्रत्यारोपण गर्नु पर्ने सुझाव चिकित्सकले उनलाई दिएका छन्।

    ओलीको उपचारमा संलग्न एक चिकित्सकका अनुसार ओलीले पनि छिट्टै फेरी मिर्गौला प्रत्यारोपण गर्ने तयारीमा छन्। शरिरमा मिर्गौला सम्बन्धी एन्टिबडी बढी भएपछि गत भदौमा ओलीले सिंगापुर पुगेर प्लाज्मा फेरेसिस गरेका थिए।

    त्यसको दुई महिनामै प्रधानमन्त्री ओलीले डायलासिस गर्नु पर्ने अवस्था आएको हो । १२ वर्ष अघि प्रधानमन्त्री ओलीले भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका थिए। देशसञ्चार बाट

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij