Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कथा : जागते रहाे.........!

  • बर्दिया टुडे
  • 2.7K
    SHARES
  •  

    न ठुला न साना जनता देखि नेता सम्म सबैलाई कोरोना देखिएको छ । शायद जीवन र जगतको चक्रमा मानिस घुमिरहन्छ  । गीता ज्ञानले पनि यहि भन्दछ । मानव एक चेतनशिल प्राणी तर उ सर्वोश्रेष्ठ चाहि होइन् । सुख दु:ख आशा निराशा सिकाई छुटाई यो त चलि रहन्छ । बस् सदैव: उ जागीरहनु र जगाइ रहनु पर्छ ।

    जब म नौ कक्षामा पढदै थिएँ तब देशमा बहुदलकोलागी आन्दोलन भई रहेको थियो कुरो २०४६ सालको हो । त्यति बेला हाम्रो घरमा एउटा मर्फी रेडियो थियो । त्यो रेडियो वाट म बि बि सि, अलईन्डिया नेपाली सेवा ,सिलोन आकाशवाणीका कार्यक्रम वढी सुन्ने गर्थे  । कहिले काहि पोस्ट कार्डमा आफुलाई मन परेको फर्माईस गीत सुन्नकालागी हुलाक पठाउने गर्थे । एक पटक स्वरसम्राट नारायण गोपालको ‘ आँखाछोपी नरौं भने..’ भन्ने गीतमा मेरोनाम रेडियोवाट आयो । म यति खुशी भई कि त्यसको सिमा नै छैन । अनि गाउँमा साथि भाईलाई सुनाउदै हिडे कि “ आज अलईन्डिया रेडियो से मोर नाम आएल्” भन्दै । “तै बराभारी बन्ल्या का रे बभना” भनेर भन्थे ।

    जवाना यस्तो थियो करीब ३ महिना लाग्थ्याे रेडियो बाट नाम आउन । रेडियो नेपालमा पनि थुप्रै फर्माईस पठाइयाे तर नाम कहिले सुनिन् । स्कुलका साथिले कहिले काहि “ऐ आकाश आज तेरो रेडियो बाट नाम आ’ थियो” भन्थे । मैले जवाफमा’ हो र” भन्थेँ । अनि रातो गोलि मिठाई ख्वा भन्दथे र खुवाईदिन्थेँ पनि । मेरो खल्तिमा पाँच- छ रुपैया कहिले पनि खाली हुदैन थियो । किन कि हाम्रो सानु पसल थियो त्यता बाट आमा लाई थाहै नदिई कहिले काँही कापि किन्ने वहानामा खल्ती खर्च लुकाउथे । अरु साथि भन्दा म स्कुलमा साहु थिएँ ।

    त्यति याद छैन साथी भाइको मोहरले मैले खाजा खा को। साँझ समाचार सबै जान सुन्दथ्याै‌ं । सरहरुले पनि ‘रेडियो सुन्नु बाहिरी र केहि पुस्तकि ज्ञान वढ्छ’ भन्नुहुन्थ्याे । राति करिब बाह्र बजे सम्म म रेडियो खास गरि आकाशवाणी मधुर ध्वनीमा सुन्दै पढ्ने गर्थे मेलोडि गीतहरु आशा र रफिका ।

    “आज पनि आन्दोलनकारी- तत्वहरुले सहरमा टोडफोड गरे । प्रहरीले गोलि चलायो यति जना घाईते भए उति जनालाई हिरासतमा लिएको छ” भनेर खुब गालि गर्थ्यो रेडियो नेपालले । श्री ५ महाराजाधिराजले यो गरिबक्सियो उ गरिबक्सियो भनेर सुनाउँथ्याे । नेपाली कांग्रेसलाई अन्तर्राष्ट्रिय तत्व नाम राखेका थिए , पंचायतका शासकहरुले । भारतले नाका बन्दी गरेको थियो। खुब दोहरी अलईन्डिया रेडियो र रेडियो नेपालको चल्थ्यो । खास गरी पारवाहन सन्धिका विषयमा । रेडियोनेपालले पारवाहान सन्धिको वकालत गर्ने अलइन्डिया रेडियोले आन्दोलनको समर्थन गर्ने कि ‘ नेपाल मे लोकतन्त्रवादिको मार डाला सुत्रोका कहना हे कि हजारौं आन्दोलनकारी कि ... ।’

    गाउँमा एक जना पंचायतका कार्यकर्ता थिए । उनीलाई हामी मामा मामा भन्थ्यौं । उनी ‘भारतले नेपाल खानकालागि आन्दोलन देशमा गराएको हो’ भनेर कसैलाई पनि , बिरोध गर्न दिदैन थिए पंचायतको । मलाई त्यो कुराको मतलब हुदैन थियो । शायद हाम्रो बुबा विपरित हुनु हुन्थ्यो । किन कि एकजना काका आउनु हुन्थ्यो घरमा । उहाँ र बुबा कहिले काहि हाम्रो छिमिकी गाऊ नजिक एउटा ठुलो कोठारमा कहाँ जानु हुन्थ्यो साईकल चलाएर। त्यति बेला वाटाहरु सबै धुलो उड्ने थिए । हामी पनि स्कुल बाट आउदा धुलो उडाएर आउँथ्याैं । खुब रमाइलो लाग्थ्याे मानौं कुहिरो लागि रहेछ त्यस माथि हामी चिलगारी झै उडिरहेका छौं ।

    एक दिन ‘बैनी आज बाचेर आइयो’ भन्नुभो आमालाई ति काकाले । त्यो दिन राजधानी वाट ठुला नेता आएका रहेछन् कोठारमा । बुबा र काकाले सिआइडि लागेको था पाउनु भए छ विचै बाटोमा ।  पछि बहुदल आउदाको नजिक नजिक सत्ताधारीले थाहा पाएछन् र ति काकालाई समाते छन् । काकाको पनि सानो घुम्ति पसल थियो बजारमा । त्यहाँ बाट प्रजातन्त्रको संजीवनी बाटनु हुन्थ्यो काकाले । हामीले पनि आन्दोलन गरेका थियौं चैत्रेहुरी आ’को दिन। पुलिसले लखेट्यौं हामी कालिमन्दिरको वाटो बेपता- भागा भाग ।

    ‘वि वान्ट डेमोक्रेसी ’ भन्दै नारा शायद लगायौं ।  यो हाम्रो स्कुलवाट निस्केको विधार्थीको दोश्रो ठूलो जुलुस थियो । पहिलो पहेलो र निलोको भोट परेको सालमा भएको थियो रे । हाम्रो दिदीहरुले सुनाउनु हुन्थ्यो कहिले काँहि तारा भएको लुगा लगाउनेहरु आउथे रे अनि सबैलाई ‘बहुदल जिन्दावाद’ भन्न लगाउथे रे त्यति वेला पनि । हेड मास्टर प्रशासनका भक्त थिए । साझ घरमा आउदा त बुबाले झन्डै पिटनु भा’ को । हेड मास्टरले बुबालाई बजार मै भेटेर ‘तपाईको छोरो नेता बन्दै छ पुलिस कचहरिको फन्दामा परे भोलि नराम्रो होला गुरु! यो पढने उमेर हो’ भने सुनाई सकेका रै छन् तब बुबाको रिसमा परियो ।

    यसरी तारा तिर मन गयो । पछि बहुदल आयो मलाई सदस्य बनाए। त्यहाँ देखि मैले एकजना गाछी दाईलाई चिनेँ । अहिले उनी कोरोना धेरै भा को देश तिर छन् । उनी र म भएर ताराको परिचय दिदै हिड्यौं स्कुले युवामाझ । साइकल साइकल कहिले सिंगल सिंगल कहिले डबल कच्चिबाटो । राजनीति ज्ञान र सिप सिकाउदै । शायद दुइ चार पटक ती दाई हाम्रो घर बसेका र सुतेका छन् । मीठो बोलि हसिलो मुहार अझै झल्लझलि आँखामा छ । घरमा राजनीतिक गफ गर्दैनथे । पारिवारिक गफ गर्थे । आमाले बनाएको रोटी र प्याजको अचार अमचुर हालेको खुबै मनपराउदथे उनी । हँ आकाश भाई, कुरै पिच्छे जति खेर पनि भन्ने गर्थे ।

    कहाँ कहाँ पुग्दैन थियौ हामी खुट्टाले र आँखाले भ्याए सम्म । भोक प्यास भन्दैन् थियौं । प्राय: शुक्रवार शुक्रबार हाम्रो यात्रा तारा फिजाउनका लागी हुन्थ्यो । महिनाको एक पटक सदरमुकाम बैठकमा जानु पर्ने । साईकल साइकल जान्थे म । भारतको नाकावन्दी र आन्दोलनका कारण भारतिय सिमाना जोडेका गाउघरमा राती लुटपाट खुब चलेको थियो । डाका लाग्छ भन्ने गर्थे । त्यसैले बजारमा व्यापारीहरुले गल्ला खरिद कम गर्थे । रात भरि जागा बस्नु पर्ने चौकीदारी गर्नु पर्ने । गाउको मामाको भरुवा वन्दुक थियो। हामीपनि भाला, हँसिया र कटाहा बासको मोटो लठ्ठी लिएर राती जागा बस्दथियौं ।

    छिममेकी देउखरान काकाले कहिलेकाहि भुतको कथा थारु भाषामा सुनाउथे र चन्डिको मन्त्र जपेर ‘लौ लड्को अब भुत्वा नै लागि’ भनेर कौराको खरानी हाम्रा निधारमा लगाई दिन्थे । चन्डि वाचन गर्न हाम्रा बा ले सिकाइ दिनु भाथ्याे । तब ढुक्क, मजा र डर तिनै हुन्थ्यो । कहिलेकाहि उल्टहान छोड्काले ‘हे रो वावु बाबा हन लिह कतर्नियाघाट जाए बेर तु अटरा मोट र हो’ भन्दै हातले नापो देखाउथे। ‘कतरा’ भन्थे म । ‘बरा छो.. ट , बरा छोट का हु’भनेर आफ्नो अडकल देखाउदथे । ‘ रै  काका बरस त बताउ कौन साल हो’ भनेर सोध्दथें । ‘का जन हो उ साल रजवाक् घर आग परल रहे’  तब। ‘रे बेलभेस्वा तीस साल को न’भनेर मामा चर्को स्वरमा भन्थे । ‘लै रे लडको उठो एक फ्यारा पुल पुगन्ना हो’ ती मामाले निर्देशन दिन्थे । सबै जना ‘जागा रहो’ भन्दै कौरा( परालको आगो बालेको ठाउँ) बाट उठेर अगाडि जान्थ्यौं। कसैसैले मकैको घोगा लिएर आउथेँ । र कौरामा राखि दिन्थे । ‘गजबके लावा फुटल भन्दै खरानी संगै खान्थे । म पनि उनिहरुलाई साथ दिन्थे । भुटन होइन खान । डर, त्रास र खुशी त्रिभुज बनेको हुन्थ्यो दिन दिनै । खास गरि राती । खल्यानको पराल राति स्वाहा हुन्थ्यो। प्राय: हाम्रो घर अगाडि दौखरान खल्यानमा हामी बस्दथियौं ।  जब रातिको दुइ बज्थ्याे तब हाइ हाइ लाग्थ्याे । महिना जाडोको थियो । बहुदल व्यवस्था नआउन्जेलसम्म “जागा हो! जागा हो!” भन्नेछुटेन  । यो क्रम आज पनि जारिनै छ जागा हो जागा हो! कोरोना से जागते रहो !

    राजापुर ३, बर्दिया

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij