Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गजलः प्यारो मान्छे हो

  • बर्दिया टुडे
  • 4.9K
    SHARES
  •  

    तिमी मेरो कलेजीमा, बसेको प्यारो मान्छे हो
    अनि म तिम्रै प्यारले, डसेकाे प्यारो मान्छे हो।

    अरु भुले पनि तिमी, म कहाँ भुल्न सक्छु र ?
    ती प्यारा हातले छुरी, धसेको प्यारो मान्छे हो।

    हिजो तिमी अभावमा, थियौ र पो!संगी भयौ
    आज त द्रव्य मोहले, कसेको प्यारो मान्छे हो।

    घाउ र चोट छन् कति, छाती चीरी हेर मेरो
    नजरकाे डिलवाट त्यो, खसेको प्यारो मान्छे हो।

    आँदी,हुरी,तुफान झै, तिमी आएछी दिलमा
    जलेर आत्मा खरानी, घसेको प्यारो मान्छे हो

    (हाल बीरेन्द्रनगर १ सुर्खेत)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij