Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गुडिरहेको रेलमा आगो, कम्तीमा ७३ जनाको मृत्यु

  • बर्दिया टुडे
  • 1.5K
    SHARES
  • पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा कम्तीमा ७३ जनाको मृत्यु र ४२ जना घाइते भएका छन् । बिबिसीले स्थानीय प्रहरीलाइ उदृत गर्दै मृतककाे संख्या ७३ पुगेकाे जनाएकाे छ ।

    तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको बेला आगलागी भएको हो ।


    ADVERTISEMENT

    images

    सिलिन्डर विस्फोटका कारण आगलागी भएको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् । लियाकतपुरमा पुगेपछि भएको आगलागीमा रेलका ३ वटा डब्बा जलेका छन् । आगो नियन्त्रणमा आएकाले अन्य डिब्बा भने आगलागी हुनबाट जोगिएका छन् ।

    घटनामा ४२ घाइते भएकामा उनीहरूको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या थप बढ्न सक्ने बताइएको छ ।

    अपडेट: पछिल्लाे जानकारी अनुसार आगलागीका कारण अहिलेसम्म मृत्यु हुनेकाे संख्या ७३ पुगेकाे हाे । मृतकमध्ये अधिकांशकाे सनाखत हुन सकेकाे छैन । सुरूमा ६० जनाकाे मृत्यु भएकाे जनाइएता पनि मृतककाे संख्या बढीरहेकाे स्थानीय प्रहरीलाइ उदृत गर्दै बीबीसीले जानकारी दिएकाे छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij