अर्थमन्त्री डा युवराज खतिवडाले शुक्रबार अपराह्न ४ बजे राजीनामा दिने भएका छन्।
अन्तिम मन्त्रीपरिषद बैठकबाट डा. युवराज खतिवडाको विदाई भएसँगै खतिवडाले आजै राजिनामा दिने उद्घोष गरेका हुन ।
उनले बैठकमा सरकारबाहिर रहेर पनि आफूले सहयोग गर्ने बताएका छन्। आफूलाई दिएको अवसरका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिएका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले खतिवडाको विदाई गरेसँगै राष्ट्रिय सभामा बामदेव गौतमलाई लैजाने निर्णय गरेको छ । बामदेवको सिफारिस प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लैजानेले भएका छन् ।