Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कविताः बाबाको महिमा

  • बर्दिया टुडे
  • 2.6K
    SHARES
  •  

    बुबा हजुर नै शीर हो घरको
    साँच्चै पुज्य मन्दिर हो घरको ।
    हजुर विना जे जति छन् हजार
    लाग्छन् सबै केवल अन्धकार ।।

    सन्तान हाँगा हुन् रूख हो पिता जी
    घरको आनन्द सुख हो पिता जी ।
    हजुर हुँदामा घर स्वर्ग हुन्छ
    पिता सरीको अरू चिज कुन छ ?।।

    आकाश , सूर्य औ ,ईश्वरै सरीका
    ठूला पिता हुन भू -लोकै भरीका ।
    सहेर सङ्कट अनगिन्ती साह्रा
    लिन्छन् घरको पनि अभिभारा ।।

    माता पिता हुन् गुणका भकारी
    सन्तानको खांतिर उपकारी ।
    आशिष त्यस्तो दिनुहोस् मलाई
    गर्न सकूँ म लोककै भलाई ।।

    (लेखक आचार्य चुरे मा वि वगनाहाकाे शिक्षक हुनुहुन्छ ।)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij