राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । कोभिड—१९ का कारण परीक्षा हुन नसकेपछि विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ अनुसार नतिजा प्रकाशन गरिएको हो ।
कार्यविधिका आधारमा शिक्षा विकास तथा समन्वय इकाइहरुबाट प्रमाणित भई आएको विद्यार्थीहरुको प्राप्ताङ्कलाई संकलन, रुजु र ग्रेडिङ गरी नतिजा प्रकाशन गरिएको परीक्षा बोर्डले जानकारी दिएको छ ।
यो वर्ष कूल ४ लाख ८२ हजार ९ सय ८६ जनाले परीषा फारम भरे पनि ४ लाख ७२ हजार ७८ जनाकोमात्रै प्माणित प्राप्ताङ्क विवरण प्राप्त भएको बोर्डले जनाएको छ । जसको आधारमै नतिजा प्रकाशन गरिएको पनि जनाइएको छ ।
गत वर्षको चैत ६ गतेदेखि हुने भनिएको एसईई परीक्षा कोभिड—१९ को महामारीका कारण चैत ५ गते स्थगित भएको थियो ।