Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नेकपा सचिवालय बैठक सोमबार बस्दै

  • बर्दिया टुडे
  • 2.2K
    SHARES
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालय बैठक बोलाएका छन् । दुवै अध्यक्षले सोमबार ९ बजेका लागि सचिवालय बैठक बोलाएका हुन् ।

    नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखा परेको समस्या समाधानका लागि सचिवालय बैठक बोलाइएको जानकारी दिए । बैठकमा पार्टीभित्र देखा परेका समस्याबारे छलफल हुने र सरकारका काम कारबाहीका विषयमा पनि समीक्षा हुने बताइएको छ ।

    स्रोतकाअनुसार शुक्रवार गठन गरिएको कार्यदललाई अनुमोदन गर्न बैठक बोलाइएको हाे । कार्यदलमा महासचिव विष्णु पौडेलको संयोजकत्वमा सदस्यहरू भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे रहेका छन् ।

    वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता श्रेष्ठले सचिवालय बैठक बस्नु पर्ने माग राखेका थिए । असार १८ गतेदेखि स्थगित भएको स्थायी कमिटी बैठक बस्न नसकेपछि अध्यक्ष ओलीले सचिवालय बैठक बोलाउनुपर्ने अडान लिँदै आएका थिए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij