Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कविताः मेराे देश

  • बर्दिया टुडे
  • 2.1K
    SHARES
  • मेरो देश

    टिष्टा देखि काँगडा सम्म विर सपुतहरुको आहुतिले सृजित देश

    अहिले विदेशि सँग ओठ जोड्दै व्यापार लिनदेन गरी आफ्नो गृहस्थी सुधारेको देश

    छिमेकीलाई गालिगलोच गरी आफ्नो नयाँ कोट सिलाउन र लाउन सफल भएका ठालुहरुको देश

    नालापानीको कथा छोपेर शाहको योगदानलाई तिरस्कृत गर्दै अहिलेका व्यापारीहरुले चलाएको देश

    निमुखालाई दलको तामा तुलसी छुवाएर छट्टु प्रसादहरुले ताजमहल खडागरेको देश

    हरेक मिनेट हरेक घण्टा हामीलाई ललिप देखाउदै जनमोहोर पाएकाले दिन दिनै खुल्ला लुटेटाहरुले लुटेको देश

    तैपनि लिपुलेख कालापानी फिक्का मानचित्रमा देखाएर धक्कु लगाएको मेरो देश

    तरपनि महामारी बढेका वखत गुप्त गुफा भित्र तातो पानी दिदै प्राण बचाउन सफलबन्दै गएको देश

    तैपनी तातो पानी दिदै यो प्राण वचाउन धन्न आट बोक्न सक्ने देश मेरो देश , मेरो देश

    राजापुर बार्दिया

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij