क्वारेन्टिनबाट फर्किएका एक पुरूषको मृत्यु
बर्दियामा क्वारेन्टिन बाट घर गएका एक जनाको मृत्यु भएको छ । गेरूवा ४ भगवानपुरका ५० बर्षिय एक पुरूषको विहीवार राती मृत्यु भएको हो ।
जनता माध्यमिक विद्यालय गोलाकाे क्वारेन्टिनमामा १५ दिन बसेर आरडिटी परिक्षण गर्दा नेगेटिभ आएपछि घर फर्किएको ३ दिनपछि उनको निधन भएको हो ।
उनको स्वाव परिक्षणको लागि आज भेरी अस्पताल नेपालगन्जमा पठाइएको र साँझसम्म रिपोर्ट आउने गेरूवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण भण्डारी बताए । भारतबाट आएका उनीलाई जेठ २५ गतेदेखिअसार ८ गते सम्म जनता माविको क्वारेन्टिनमा राखिएको थियो ।