गेरूवामा कोरोना भाइरस संक्रमितको संख्या ४ पुग्यो
गेरूवामा कोरोना भाइरस संक्रमितको संख्या ४ पुगेको छ । विहीवार भेरी अस्पताल नेपालगन्जमा भएको परिक्षणमा गेरूवा ४ दक्षिणपुरका ३ बर्षिय बालक, २५ बर्षिया महिला र २८ बर्षिय पुरूष गरि ३ जनामा थप कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ४ पुगेको हो ।
संक्रमित भारतको गुजरात बाट आएका र उनीहरू नेपाल राष्ट्रिय आधारभूत विद्यालय गिदरपुरको क्वारेन्टाइनमा बस्दै आएकाे गेरूवा गाउँपालिका स्वास्थ्थ शाखा प्रमुख नारायण भण्डारीले जानकारी दिए ।
संक्रमित ३ वर्षिय वालक सहित महिलालाई खजुरा बाँकेकाे आईसाेलेशन केन्द्रमा राख्ने तयारी भइरहेकाे र अर्का पुरुषलाई गाउँपालिका द्वारा सञ्चालित आईसाेलेशन केन्द्र जोधिपुरमा राखिने तयारी भैरहेको भण्डारीले बताए । यस अघि पनि गेरूवा ४ का ३५ बर्षिय एक पुरूषमा कोरोना संक्रमणकाे पुष्टि भएकाे थियाे ।