Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

न्यू वर्षा सप्लायर्समा भएकाे आगजनीमा आफ्नाे नाम जाेडिए पछि यस्ताे भन्छन अधिवक्ता महादेव चाैधरी

  • बर्दिया टुडे
  • 2.2K
    SHARES
  •  

    म महादेव चौधरी, मेरो पेशा कानुन ब्यबसाय हो । म बिगत २०/२२ बर्ष देखि यहि पेशामा रहि आएको छु  । हिजो मिति २०७७-०२-२६ गते भएको घटना मा म माथी समेत लागेको आरोपको सम्बन्धमा प्रष्ट पार्न चाहन्छु । घट्ना २०७७ साल बैशाख ३० गतेको हो  । राती अन्दाजी ८:३० बजेतिर सोम नाथ थारु कोठियाघाट मा रहेको आफ्नो सरिता होटेल लकडाउनको अबस्थामा बन्द रहेतापनि चोरिको डरले साझतिर रेखदेख गरि बन्द गरेर फर्कने क्रममा राजापुर नगरपालिका वार्ड न. ६ मा पर्ने स्वामी चौक देखि लगभग ३०० मिटर पश्चिममा बिपरित दिशा तर्फबाट स्पिडमा आएको हिमाल गौतम ले चलाई आएको भ्यानले ठक्कर दिई ज्यान गएको घटना  सङ्ग नै जोडिएको छ ।

    उक्त घटनाको जाहेरी मैले नै लेखेको हो र अदालतमा पनि सरकारी वकिल, म र बरिस्ठ अधिवक्ता ऋषि राम काफ्ले ज्यु को वकालतनामा लगाई पीडित पक्षको तर्फबाट वकालत गरि आएका छौ ! यहि जेठ को २१ गते बिपक्षी हिमाल गौतमको अदालतमा बयान लिई थुनछेक को बहस भै धरौटी तारेखमा बिपक्षीलाई छोडिए पछि पीडित पक्षको गाउँ घरमा खैला बैला मच्चियो ! त्यस पश्चात् पीडित पक्षको टोली पुन: म सङ्ग आई हिमाल गौतम किन कसरी यति चाडै छुट्यो भन्दै म सङ्ग जवाफ माग्न थाले ।

    अदालत बाट सबै मिसिल फाईल को नक्कल निकाली सकेको हुँदा त्यही मिसिल सङ्लग्न रहेको कगजात र घतना मुचुल्का प्रहरी प्रतिबेदन देखाउदै धरौटीमा छुटनु कारण स्पष्ट पारी दिएको हु । सो पश्चात् पिडित पक्षले यो त गलत प्रतिबेदन बनेको छ, घटना अनुसारको प्रतिबेदन बनेको छैन, यस्को जवाफ त प्रहरी प्रशासन सङ्ग माग्नु पर्छ भनी वडा अध्यक्ष ज्युहरु सबैलाई प्रतिबेदनको बारेमा जानकारी गराई जवाफ माग्न प्रहरी कार्यालय पुगेका हुन र पीडित पक्षको तर्फबाट वकालत गरेको कारण मलाईं पनि बोलाई सङ्गै जाउ भनेको कारण म पनि सँगै प्रहरी कार्यालय पुगेको हु ।

    प्रहरी कार्यालय पुगी पीडित पक्षले प्रहरी ले बनाएको स्केच देखाउदै यो स्केच त तपाईहरुले घटना भएको ठाँउमा नै बनाउनु पर्ने हो, र पिडित पक्ष लगायत गन्यमान्यलाई देखाई सहिछाप गराउनु पर्ने हो, त्यो नगराई किन अफिसमा बोलाई साक्षी वाला पन्ना मात्रमा सहिछाप गराउनु भो ।जबकी प्रतिबेदन त ५ पानाको छ । स्केच बनाएको तलमाथि खै हामी साक्षी को दस्तखत ? हामीलाई सुचनाको हक त छनी, हामी लाई यस्को बिस्तृत जानकारी चाहियो भनी पिडित पक्षबाट आवाज आउँदा, यस्को जानकारी हामी तपाईं हरुलाई दिन सक्दैनौ, हामी अदालतले बोलाएका बखत त्यही उपस्थित भै पुर्ण जानकारी दिनेछौ, अहिले तपाईं हरु यहाँ बाट जानुस् भनी जवाफ दिएको पाईयो ।

    सो पश्चात् पीडित पक्षहरुले नै सल्लाह गरि अर्को दिन १०:३० बजेतिर राजापुर मा पत्रकार सम्मेलन गर्ने र गुलरिया, राजापुर क्षेत्रमा रहेका पत्रकारहरुलाई बोलाई ८/१० जनाले घटना भएको ठाउँ पनि देखाउने र अरु गन्य्मान्यहरुलाई राजापुरमा नै बोलाउने भनी पीडित पक्षको कुरोकानी भै अर्को दिन बिहानै देखि निर्मल थारु जि अफिसमा बसि प्रेस बिज्ञप्ती निकाल्न तिर लाग्नु भो ।

    १०:३० बजे तिर नै पत्रकार हरु जम्मा भै सके पछी चिनजान भएकै कारण ल तपाईंको एरियामा आएकाछौ, तपाई यो घट्नाको बारेमा बढी कुरो जानकारी पनि छ, वकालत पनि गर्दै आउनु भएको छ भनी पत्रकार साथीहरू ले बोलाउदा म पनि गाडी दुर्घटना भएको ठाँउमा गएको हो र पीडित पक्षहरूले दुर्घटना भएको ठाँउ देखाई केही ले अन्तर्वार्ता दिईसके पछि ल अब तपाईंहरु घर घर जानुस् भनेर मैले भने, वडा अध्यक्ष महेश ज्युले पनि भन्नुभो र हामी वडा अध्यक्ष ज्यु सङ्गै पत्रकार टोलि सहित सिधै राजापुर आएका हौ  ।

    राजापुर आईसकेपछि निर्मल जि अझै प्रेस बिज्ञप्ती फोटो कपी गर्दै हुनुहुन्थ्यो र मैले नै तपाईं तुरुन्त बिशालबजारमा आउनुस, यहाँ पत्रकारहरु आत्ती सके भनी खबर गरे पछि निर्मल जि वडा अध्यक्ष हरु कै टोलि सितै राजापुर मा रहनुभएको थियो  । र गाउँ मा फर्किसकेका टोलि लाई कुन चाहिँ ले भर्काई ल्याई १२:३० बजेतिर तोडफोडमा मा सङ्लग्न गराएका हुन, त्यो कुरो निर्मल जि लाई पनि थाहा छैन, मलाई त थाहा हुने कुरा पनि भएन  । मलाई त सई जय प्रकाश भटट ज्युले टेलीफोन मार्फत जानकारी गराएपछि थाहा पाएको हु  । मेरो प्रत्यक्ष अगुवाईमा घटना गराएको भन्ने कुरो कसरी कहाँ बाट आयो म स्वयं आस्चर्यमा छु । मैले कानुन ब्यबसायको हिसाबले आफू सँग आएको कुनै पनि पक्षलाई आफनो ज्ञान बिबेकले भ्याए सम्म कहिल्यै गलत सल्लाह दिएको छैन  । र दिने मेरो नैतिकता, कानुन ब्यबसायी आचारसंहिता ले पनि दिदैन  । धन्यवाद !!!

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij