दोषीलाई हदैसम्म कारवाहीको माग गर्दै गेरुवा गाउँपालिकामा विद्यार्थीकाे विराेध
बर्दिया टुडे
जेठ २६, २०७७ सोमवार
१९:३१:५१ मा प्रकाशित
2.0K
SHARES
2.0K
SHARES
रुकुम पश्चिम चौरजहारीमा भएको घटनाको विरोधमा गेरुवा गाउँपालिकामा पनि प्रदर्शन गरिएको छ ।
गेरुवा गाउँपालिका स्थित नेपाल दलित विद्यार्थी संघ जिल्ला कार्य समिति ,दलित जन जागरण संघ गुप्तीपुर, लोहारपुर, सोनाहाफाँटा, दलित सेवा संघ,अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल विद्यार्थी संघ बबई बहुमुखी क्याम्पस गुलरिया बर्दियाले संयुक्त रुपमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन ।
‘मान्छे मान्छे विच हुने जातीय भेदभावको अन्त्य गर,रुकुम काण्डका जातीय नरसंहारकारीहरुलाई हदै सम्मको कारवाही गर भन्ने’ नाराका साथ व्यानरसहित विरोध प्रदर्शन गरिएको थियो । विरोध प्रदर्शन पश्चात गाउँपालिकाका प्रमुख जमान सिंह केसी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाइएको छ ।
ज्ञापनपत्र मार्फत उनिहरुले रुकुम घटनाले संघीय लोकतान्त्रिक गणतन्त्रात्कमक राज्यको ठाडै खिल्ली उडाएको भन्दै मुलुकमा कानुनी रुपले जातीय छुवाछुतलाई बर्जित गरिएता पनि व्यवहाररत दलित स्वतन्त्रता र मुक्तिको सवाल अझैं पनि पेचिलो बनिरहेको र वर्षौ देखि उत्पीडनको शिकार बन्दै आएको यो समुदाय प्रति राज्य गम्भीर बन्न नसक्दा जातीय विभेदका यि यस्ता घटनाहरुमा सत्ता,शक्ति र राजनितिक आडमा दोषीहरु उम्किने गरेकाले यस्ता घटनाहरु बारम्बार दोहोरी रहेकोले दोषीलाई हदैसम्मको कारवाहीको माग गरेका छन् ।
जातिय विभेद र छुवाछुतको कारणले घटाइएको सो हत्याकाण्डले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान,विद्यमान ऐन कानुन,राष्ट्रिय अन्तराष्ट्रिय मानवअधिकार तथा मानवीय कानुनको सिधै उल्लंघन भएको सहभागीहरुको भनाई छ । कानुनी रुपमा जातिय विभेद र छुवाछुत मुक्त भनि घोषणा भईसक्दा पनि यी यस्ता घटनाहरु भने बारम्बार दोहोरि रहनु राज्यलाई नै चुनौती रहेको भन्दै पिडितहरुले उचित न्याय पाउनु पर्ने सहभागीहरुको माग रहेको छ ।
रुकुमको घटनाले सिंगो मानव समाज आक्रोशित हुनुका साथै दलित समुदाय स्तव्ध भएको र उक्त घटनाले संविधान र लोकतन्त्रको मूल्य मान्यतालाई उपहास गरेको नेपाल दलित विद्यार्थी संघ जिल्ला कार्य समितिका अध्यक्ष खगेन्द्र विश्वकर्माले वताए ।