Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

डब्लुएचओ सँग अमेरिकाको सम्बन्ध समाप्त गर्ने ट्रम्पकाे घाेषणा

  • बर्दिया टुडे
  • 3.3K
    SHARES
  •  

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग अमेरिकाको सम्बन्ध समाप्त गर्ने घोषणा गरेका छन् ।

    कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै आएका ट्रम्पले ऊ सँगकाे सम्बन्ध ताेडेका हुन् ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो ।’

    महामारी नियन्त्रणमा डब्लुएचओले गरेको प्रयास पर्याप्त नभएको र बेलैमा सचेत नगराएका कारण आफ्नो देशमा महामारी अहिलेको स्तरमा फैलिएको आराेप ट्रम्पको छ ।

    डब्ल्यूएचओकाे गतिविधिप्रति असन्तुष्ट रहँदै आएकाे अमेरिकाले यसअघि नै उसलाइ दिँदै आएको आर्थिक सहयोग बन्द गराइसकेकाे छ।राष्ट्रपति ट्रम्पले अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि बताए ।

     उनले भनेका छन्, ‘डब्ल्यूएचओ पूर्णरुपमा चीनको नियन्त्रणमा छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij