Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

चीनमा पहिलो पटक नयाँ काेराेना सङ्क्रमित थपिएनन्

  • बर्दिया टुडे
  • 2.4K
    SHARES
  •  

    चीनमा गत डिसेम्बरमा कोरोनाभाइरस सङ्क्रमण फैलिएयता पहिलो पटक शुक्रवार २४ घण्टामा कुनै नयाँ सङ्क्रमित भेटिएन्।

    त्यहाँको न्याश्नल हेल्थ कमिशनले गएको २४ घण्टामा कोभिड-१९ का कारण कसैको पनि मृत्यु नभएको जनाएको बीबीसीले उल्लेख गरेकाे  छ।

    चिनियाँ शहर वुहानमा पहिलो सङ्क्रमण पुष्टि भएयता संसारभर ५० लाख मानिसहरू सङ्क्रमित भएका छन् भने ३३८,००० जनाको मृत्यु भएको छ।

    चीनमा मात्रै ८४,००० भन्दा बढी सङ्क्रमित भएक र ४,६०० जनाको मृत्यु भएको छ।

    वुहान रहेको प्रान्त हुबेमा सरकारले गरेको कडा लकडाउनका कारण कोरोनाभाइरस चीनको अन्य भागमा धेरै फैलिन नपाएको बताइन्छ।

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij