Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता लिएरै छाड्छौंः प्रधानमन्त्री ओली

  • बर्दिया टुडे
  • 2.0K
    SHARES
  •  

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्र, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएको भन्दै फिर्ता लिएरै छोड्ने बताएका छन्।

    सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जबाफ दिन संसद भबन पुगेका प्रधानमन्त्री ओलीले भारतले त्यहाँ सेना राखेर बिषयलाई थप विवादित बनाएको बताए।

    ’वर्तमान सरकारको तर्फबाट प्रधानमन्त्रीको हैसियतले अवगत गराउन चाहन्छु कि लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय ओझेलमा पर्न दिने छैनौं,’ उनले भने, ’हाम्रो भूमि भारतले अकुपाइ गरेर, अर्घेल्याइँ गरेर विवादित बनाइएको हो।’

    कूटनीतिक माध्यमबाट वार्ता गरेर उक्त भूमि फिर्ता ल्याउने प्रधानमन्त्रीको भनाइ थियो। ठोस रूपमा कूटनीतिक प्रयास गर्ने उनको भनाइ थियो।

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij