लिपुलेक, लिम्पियाधुरासहितको नक्सा मन्त्रीपरिषद् द्वारा पारित
बर्दिया टुडे
जेठ ५, २०७७ सोमवार
१५:४८:१२ मा प्रकाशित
1.2K
SHARES
1.2K
SHARES
सरकारले काली नदीको मुहान लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा स्वीकृत गरेको छ ।
यसअघि लिपुलेक र कालापानी क्षेत्र भएको मात्र नक्सा प्रयोगमा आएकोमा विरोध हुँदै आएको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालको सीमा लिम्पियाधुरासहितको नक्सा स्वीकृत गरेको हो ।
भूमिसुधार मन्त्रालयले यसअघि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूमि भएको नक्सा बनाएर पेस गरेको थियो । सो नक्सालाई सरकारले जारी गर्ने निर्णय गरेको हो ।
हालै नेपाली भूमि लिपुलेक क्षेत्रमा हस्तक्षेप गरी भारतले तिब्बतको मानसरोवर जाने सडक निर्माण गरेपछि नेपालको लिम्पियाधुरासहितको नक्सा जारी गर्न दबाब परेको थियो ।