Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

  • बर्दिया टुडे
  • 1.6K
    SHARES
  •  

    सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो।

    नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको र संक्रमितको संख्या दिनदिनै बढेको अवस्थामा रोकथामको उपयुक्त विकल्प लकडाउन नै भएको निष्कर्ष निकाल्दै सरकारले चैत ११ गतेदेखि जारी गरेको लक डाउन थप गर्ने निर्णय गरेको हो।

    जारी लकडाउन १५ दिन थप गरिएकाे छ । सोमबारदेखि लकडाउनको अवधि सकिदै थियाे ।  आजै बसेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेको थियो ।

    छिमेकी भारतले पनि आइतबार नै लकडाउन २ साताका लागि थप गर्ने निर्णय गरेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij