Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बेराेजगार युवालाई सरकारले काम दिने

  • बर्दिया टुडे
  • 1.3K
    SHARES
  •  

    सरकारले कोरोना भाइरस संकटका कारण राेजगारी गुमाएकाहरूलाई राेजगारी दिने भएकाे छ । उनीहरूलाई पूर्वाधार, उद्योग र निर्माण क्षेत्रमा परिचालन गरिने सरकारले जनाएकाे छ । 

    शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशको रोजगारी संकुचित हुने र वैदेशिक रोजगारीमा जानेहरू पनि फर्किने अवस्थामा उनीहरूलाई स्थानीय पूर्वाधार, साना मझौला उद्योग, निर्माण क्षेत्रमा परिचालन गरिने बताएकी हुन्।

    सीपयुक्त र दक्ष श्रमिक अभावको समस्या सम्बोधन गर्न प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद्का सबै कार्यक्रमलाई एकीकृत रूपमा परिचालन गरिने उनले बताइन् । 'सबै स्थानीय तहमा घुम्ती तालिम सञ्चालन गरिने छ । विदेशमा सीप सिकेर फर्केका युवालाई उद्यम व्यवसाय सुरू गर्न सुरुवाती पुँजी उपलब्ध गराइने छ', राष्ट्रपति भण्डरीले भनिन् । श्राेत: शिलापत्र



    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij