Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

३ सय शैय्याको सरुवा रोग अस्पताल बनाउने सरकारको घोषणा

  • बर्दिया टुडे
  • 1.2K
    SHARES
  •  

    सरकारले केन्द्रमा ३ सय शैय्याको सरुवा रोगकाे उपचारका लागि अस्पताल निर्माण गर्ने भएको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रमबारे जानकारी दिँदै संघ र सातै प्रदेशमा  ५०  शैय्याकाे सरुवा रोगकाे उपचारका लागि अस्पताल निर्माण गर्ने बताएकी हुन्।

    स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड१९)को विश्वव्यापी महामारीलाई ध्यानमा राख्दै संघ र प्रदेशमा सुविधा सम्पन्न सरुवा रोग अस्पताल बनाउने प्रस्ताव गरेको थियो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघमा  ३ सय शैय्या र सातै प्रदेशमा सुविधा सम्पन्न सरुवा रोग अस्पताल स्थापना गर्ने प्रस्ताव गरेको थियो। श्राेत:देश सञ्चार 

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij