प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले शासन गर्ने नैतिक आधार गुमाइसकेको बताएका छन् । स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार, सांसद अपहरण, अध्यादेश लगायतका प्रकरणले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक र नैतिक आधार गुमाएको बताएका हुन् ।
बजेट अधिवेशनको पहिलो दिन शुक्रबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै देउवाले भने,अहिलेको अभिभारा कोरोनाविरुद्ध कसरी राष्ट्रिय एकता गरेर अगाडि बढ्ने भन्ने रहेको भएपनि सरकार त्यसमा असफल भएको प्रष्ट हुन्छ ।
विवादास्पद अध्यादेश ल्याउनुमा प्रधानमन्त्रीको नियोजित नियत भएको दाबी गर्दै उनले सिङ्गो देश कोरोनाबाट आतंकित भएको बेला सरकारले लोकतान्त्रिक मूल्य र मान्यता एवं संविधानको भावना विपरीत अध्यादेश ल्याएको बताए ।
देउवाले वर्तमान परिस्थितिको संयम भएर सामना गर्न संसदलाई अपील गर्दै कांग्रेसको वर्तमानमा दोस्रो निती 'बेथिति, भ्रष्टाचार र अधिकनायकवादी प्रवृत्तिका विरुद्ध लड्ने,' रहेको बताए । स्पेस खवर बाट