Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

ज्ञानेन्द्र शाहीलाई २४ घन्टाभित्र अदालतमा पेस गर्न सर्वोच्चको आदेश

  • बर्दिया टुडे
  • 3.0K
    SHARES
  •  

    सर्वोच्च अदालतले ज्ञानेन्द्र शाहीलाई प्रहरी नियन्त्रणमा राखी राख्नुको कारण पेश गर्न आदेश दिएको छ। सर्वोच्च अदालतले आइतबार एक आदेश दिँदै उनलाई पेश गर्नेबेला उपस्थित गराउन पनि भनेको छ।

    केही दिनअघि प्रहरीले शाहीलाई ललितपुरबाट पक्राउ गरेर थुनामा राखेपछि उनको तर्फबाट अधिवक्ता इन्द्रप्रसाद अर्यालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले २४ घण्टाभित्र कारण पेश गर्न आदेश दिएको हो। न्यायाधीश हरि फुयालको इजलासले जारी गरेको आदेशमा कोभिड १९ को संक्रमणको अवस्थामा पक्राउ परेको व्यक्तिलाई पछि उपस्थित गराउने शर्तमा आफन्तको जिम्मा लगाउन सकिने भए पनि किन थुनामै राखेको हो? त्यसको कारण पेश गर्न आदेश दिएको हो।

    सर्वोच्च अदालत र महान्यायाधीवक्ता कार्यालयले मातहतका कार्यालय तथा प्रहरीलाई मुलुकी अपराध संहिता कार्यविधि २०७४ को दफा १५ अनुसार गम्भीर किसिमका अपराधमा संलग्न अभियुक्तलाई पछि हाजिर गराउने गरी आफन्तको जिम्मा लगाउन निर्देशन दिएको थियो।

    निवेदकले उक्त निर्देशन तथा कानुनी व्यवस्थाको उल्लंघन गर्दै शाहीलाई थुनामै राखिएको दाबी गरेपछि सर्वोच्चले कारण पेश गर्न भनेको हो।

    आदेशमा शाही र उनीसँगै पक्राउ परेका शक्तिराज शाहीलाई पनि पेशका दिन उनीहरुविरुद्ध लागेको अभियोगको सक्कल फाइलसहित उपस्थित गराउन भनिएको छ।

    शाहीद्वयलाई प्रहरीले केही दिनअघि पक्राउ गरेको थियो। देश सञ्चार बाट

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij