लम्ब्यियाे लकडाउनकाे अवधि : वैशाख २५ गतेसम्म जारी राख्ने सरकारकाे निर्णय
बर्दिया टुडे
बैशाख १४, २०७७ आइतवार
१४:५९:०३ मा प्रकाशित
3.2K
SHARES
3.2K
SHARES
सरकारले कोरोनाका कारण जारी लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याउने भएको छ । आइतबार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउन २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
चैत्र ११ गतेदेखि गरिएको लकडाउनको मिति पछिल्लो पटक वैशाख १५ गतेसम्मका लागि तोकिएको थियो ।
शनिबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनका कारण कोरोनाको रोकथाममा सफल रहेको बताउँदै एक साता लकडाउन थप्न मन्त्री परिषद समक्ष आग्रह गरेको थियो ।
यस अघि शनिबार नै उच्चस्तरीय समितिले वैशाख १८ गतेसम्म बन्द रहेको हवाई उडानलाई जेष्ठ २ गतेसम्म निरन्तरता दिने निर्णय गरिसकेको छ ।