Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

अध्यादेश फिर्ता लिए पनि अपराधलाई उन्मुक्ति दिन मिल्दैनः कांग्रेस

  • बर्दिया टुडे
  • 2.2K
    SHARES
  •  

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेश फिर्ता लिए पनि यसले प्रेरित गरेको अपराधलाई उन्मुक्ति दिन नमिल्ने बताएको छ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन्– अध्यादेश फिर्ता भए पनि यो प्रकरणसँग गाँसिएको अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी’ दिइएको शैलीमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन।

    उसले अपहरणको घटनाबारे गहिरो अनुसन्धान गर्न र जो कोहीको संलग्नता रहे पनि कारबाहीको माग गरेको छ।

    गत वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश जारी गर्ने निर्णय गरेको थियो। दुबै अध्यादेशको बिपक्षी दलमात्र होइन, सत्तापक्षका नेताहरुले समेत चर्को बिरोध गरेपछि सरकारले शुक्रबार फिर्ता लिएको हो।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij