Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राष्ट्रपति भण्डारीद्धारा दुबै अध्यादेश खारेज

  • बर्दिया टुडे
  • 1.9K
    SHARES
  •  

    राष्ट्रपति विद्यादेवी भण्डारीले संबैधानिक परिषद् र राजनीतिक दलसम्बन्धि अध्यादेश खारेज गरेकी छन् ।

    मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन् ।

    राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केश वप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १ सय १४ को धारा उपधारा (२) को खण्ड (ख) बमोजिम… अध्यादेशहरु खारेज गर्नुभएको छ ।’

    सरकाले गत सोमबार ल्याएको दुईवटा अध्यादेश चौतर्फी दबावपछि आजै बसेको मन्त्रिपरिषद् बैठकले फिर्ता लिने निर्णय गर्दै खारेजका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

    अध्यादेशपछि समाजवादी पार्टी फुट्ने प्रयासमात्रै भएन यसमा प्रधानमन्त्री नै सकृय भएको आरोप समेत लाग्यो ।

    पार्टीभित्र चौतफी दाबाव परेपछि प्रधानमन्त्री ओली पछि हट्न बाध्य भएका हुन् । हिजो साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ६ जना सचिवालय सदस्यको भेलाले अध्यादेश फिर्ता लिनु पर्ने निष्कर्ष निकालेपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली संकटमा परेका थिए ।

    सरकारले राजनीतिक दल विभाजन गर्दा केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य भए पुग्ने र संवैधानिक परिषद्को गणपूरक संख्या घटाउने व्यवस्थासहितका दुई अध्यादेश ल्याएको थियो ।


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij