Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

सरकारद्वारा विवादित दुवै अध्यादेश फिर्ता लिने निर्णय

  • बर्दिया टुडे
  • 3.0K
    SHARES
  •  

    सरकारले हालै जारी गरेका दुई अध्यादेश खारेज गर्ने निर्णय गरेको छ । चौतर्फी दबाबपछि शुक्रबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले दल विभाजन सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय गरेको हो ।

    मन्त्रीपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले जुनसुकै बेला पनि अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार आजको बैठकले अध्यादेश खारेजका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    सोमबार सरकारले जारी गरेका अध्यादेशविरुद्ध सत्तारुढ नेकपाभित्रै बहुमत संख्या उभिएपछि र प्रमुख प्रतिपक्षी दल लगायत साना दलले पनि त्यसको विरोध जनाएपछि प्रधानमन्त्री ओली आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएका हुन् ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij