बर्दिया प्रहरीले ठुलो रकम सहित ७ जना जुवाडेलाई पक्राउ गरेकाे छ ।
बाँसगढी नगरपालिका वडा नं.५ स्थित रहेको अतिथि होटलबाट प्रहरीलाई प्राप्त गोप्य सुचनाको आधारमा ५ लाख ६० हजार ९० रुपैँया सहित उनीहरुलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकाे छ ।
पक्राउ पर्नेहरुमा बाँसगढी नगरपालिका वडा नं.५ का सुरेश रेग्मी, सोधे बिष्ट, नर बहादुर वली, बढैयाताल गा.पा.वडा नं.७ का श्रीकृष्ण गिरी, बाँके कोहलपुर न.पा.वडा नं.१० का पुरन गिरी, कोहलपुर न.पा.वडा नं.५ का श्याम कुँवर र कोहलपुर न.पा.११का शिसिर गिरी रहेका छन ।
बर्दिया प्रहरी बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (COVID-19) को बिषम परिस्थितीमा र लगडाउनको अबज्ञा गर्दै हारजित हुने गरी अबैध रुपमा जुवा तास खेलिरहेका उनीहरु माथी आवश्यक अनुसन्धान भईरहेकाे प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बस्तोलाले बताए ।