Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

काेराेनाकाे कहर : २४ घण्टामा साढे ९३ हजार संक्रमित, करिब ७ हजारले ज्यान गुमाए

  • बर्दिया टुडे
  • 3.0K
    SHARES
  •  

    विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट २४ घण्टामा साढे ९३ हजार बढी संक्रमित थपिँदा ६ हजार ९ सयले ज्यान गुमाएका छन् ।

    बिहीबार सबैभन्दा बढी अमेरिकामा साढे ३४ हजार संक्रमित थपिँदा २ हजार १३७ जनाले ज्यान गुमाए ।

    त्यस्तै, फ्रान्समा १७ हजार, टर्कीमा ४ हजार ८ सय, बेलायतमा ४ हजार ६ सय, इटालीमा ३ हजार ७ सय, रसियामा ३ हजार ४ सय, जर्मनीमा करिव ३ हजार, ब्राजिलमा २ हजार, इरानमा १६ सय संक्रमित फेला परेका छन् ।

    त्यस्तै, बितेको २४ घण्टामा बेल्जियम, क्यानाडा, नेदरल्याण्ड्स, भारत, पेरुमा १ हजार बढी संक्रमित फेला परेको पुष्टि भएको छ ।

    गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोनाबाट विश्वका २१० देशका साथै २ पानीजहाज पनि प्रभावित भएका छन् ।

    शुक्रबार बिहानसम्म विश्वभर संक्रमितको संख्या २१ लाख ८० हजार नाघेको छ । जसमध्ये १ लाख ४५ हजार बढीले ज्यान गुमाउँदा ५ लाख ४६ हजार बढी संक्रमित उपचारपछि निको भएका छन् ।

    कोरोनाबाट सर्बाधिक प्रभावित विश्वका १० देशको पछिल्लो विवरण

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij