Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

डेरामा बसेका विद्यार्थीहरुलाई सहयोग गरेर स्वर्ण महोत्सव मनाउन नेविसंघको सर्कुलर

  • बर्दिया टुडे
  • 2.8K
    SHARES
  •  

    नेपाल विद्यार्थी संघले आफ्नो स्थापनाको स्वर्ण महोत्सव फरक ढंगले मनाउने भएको छ । नेविसंघले डेरामा बसेका विद्यार्थीहरुलाई सहयोग गरेर स्वर्ण महोत्सव मनाउने भएको हो ।

    वैशाख ६ गते नेपाल विद्यार्थी संघ स्थापना भएको ५० वर्ष पूरा गरी ५१ वर्षमा प्रवेश गर्दै छ । सो अवसरमा संघका अध्यक्ष राजीव ढुंगानाले बिहीबार एक सर्कुलर जारी गर्दै डेरामा रहेका विद्यार्थीलाई सहयोग गर्न जिल्ला समिति र क्याम्पस इकाईलाई आग्रह गरेका छन् ।

    कोरोना भाइरसका कारण डेरामा रहेका विद्यार्थी समस्यामा रहेको भन्दै नेविसंघले उनीहरुलाई सहयोग गर्ने भएको हो । सर्कुलरमा सामाजिक सन्जालमार्फत कोरोनाविरुद्ध जनचेतना फैलाउने, रक्तदान कार्यक्रम गर्नेलगायत निर्देशन दिइएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij