Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

१५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार घटनाका तीन जना आराेपी पक्राउ

  • बर्दिया टुडे
  • 3.4K
    SHARES
  •  

    कैलाली प्रहरीले सामूहिक वलत्कारको घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–४ लालपुरका २९ वर्षका रामकुमार चौधरी, २२ वर्षका मंगल चौधरी र ३१ वर्षका सुरेशकुमार चौधरी रहेका कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए।

    मंगलबार साँझ गोठाला गएका बेला भजनी नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ।

    उनीहरुमाथि बलात्कार मुद्दामा अनुसन्धानका लागि कैलाली जिल्ला अदालतबाट १५ दिनको अनुमति लिएको उनले जानकारी दिए।

    यसअघि मंगलबार कैलालीकै गौरीगंगा नगरपालिका–१ की १७ वर्षीया किशोरीमाथि पनि सामूहिक बलात्कार भएको थियो। घटनामा संलग्नताको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij