Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

भारतले लकडाउन अवधि आगामी मे ३ सम्म लम्ब्यायो

  • बर्दिया टुडे
  • 2.3K
    SHARES
  •  

    कोरोना भाइरसको महामारी चर्किंदै गएपछि भारतले लकडाउनको अवधि थप तीन साता बढाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी मे ३ सम्मका लागि लकडाउन घोषणा गरेका छन् ।

    उनले लकडाउनको पालना गरी यथास्थानमा बस्न आग्रह गरेका छन् । कोरोना भाइरसविरुद्धको यो लडाईँमा जनताको साथको खाँचो रहेको उनले बताएका छन् ।

    उनले लकडाउनको पूर्ण पालना गरेमा अप्रिल २० पछि केही खुकुलो बनाउन सक्ने बताए । तर यस्तो छुट पनि शर्तसहित हुने उनले स्पष्ट पारेका छन् ।

    अब लकडाउनमा पहिले भन्दै पनि कडाइ गरिने उनले बताएका छन् । संक्रमण फैलिँदै गएकाले थप सर्तक हुनु पर्नेमा उनले जोड दिएका छन् ।

    भारतमा मात्रै कोरोना सङ्क्रिमतको सङ्ख्या दश हजार नाघेको छ भने ३ सय ३९ जनाको मृत्यु भएको छ ।

    विश्वभर ‘कोभिड–१९’को कारण मृत्यु हुने मानिसको सङ्ख्या १ लाख १९ हजार ६ सय ६६ पुगेको छ भने करिव १९ लाख मानिस सङ्क्रमणमा परेका छन् ।

    यसबीच फ्रान्सले पनि लकडाउन अवधि एक महिना थप गरेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij