कोरोनाबिरुद्ध सबै एकजुट भएर लड्न सभापति देउवाको आग्रह
बर्दिया टुडे
बैशाख १, २०७७ सोमवार
०४:३७:५५ मा प्रकाशित
3.0K
SHARES
3.0K
SHARES
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणविरुद्ध सबैजना एकजुट भएर लड्न आवश्यक रहेको बताएका छन्।
पूर्ब प्रधानमन्त्रीसमेत रहेका सभापाति देउवाले आजको चुनौती सामना गर्न कांग्रेसले सरकारलाई हरसम्भव सघाइरहेको पनि बताएका छन्।
नयाँ वर्ष वि.सं. २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै देउवाले कांग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई सघाइरहेको बताएका हुन्।
नयाँ वर्ष कोराना भाइरसमाथि विजय पाउन सफल हुने विश्वास व्यक्त गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। नेता देउवाले लकडाउनको पालना गर्न र समदूरी कायम गर्दै उच्च सतर्कता अपनाएर संयमका साथ कार्य गर्न–गराउन सबैमा आग्रह पनि गरेका छन्।