Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कविता : लक्ष्मीप्रसाद देवकोटाप्रति

  • बर्दिया टुडे
  • 2.2K
    SHARES
  • गर्दै श्रद्धा गणपतिमहा शीर मेरो झुकाई
    पाऊँ संज्ञान भनीअरपे पुश्पगुच्छा फुकाई
    वाग्देवी मा! नयन जलले भक्तिले पाउ धोएँ
    नौलो यौटा सरस कविता गर्छु भन्दै म रोएँ ।। १।।

    झुल्के उन्नाइस सय र छैसठ्ठी डिल्लिबजार
    नेपालीको गगन घुमने सूर्य हुन् कि हजार
    भाषा साहित्यजल मुलका देवता जन्मिएर
    पारे भण्डारण आतिठुलो सिर्जना खुब् गरेर।।२।।


    ADVERTISEMENT

    images

    लक्ष्मी पूजा झलमल भयो धन्य तिम्रो प्रसाद
    ईच्छा आकास र धरणिको व्यक्त गर्ने प्रयास
    स्वप्ना हो यो जनमभरिको मात्र यात्रा सुनौलो
    रोगी ब्याधीसंग पियुषको भेल आयेछ नौलो।।३।।

    पृथ्वी चौहान वनकुसुमा माहराजा प्रताप
    साकुन्तल् औ प्रमिथस सुलोचन्महाकाव्य पाँच
    ह्मेन्दु जिप्सी मदन र मुनाको नमर्ने कहानी
    त्यस्तै सीताहरण दशकन्धैर्जटायु लड़ाईं ।।४।।

    सातौ मायाविनी सहितका कुञ्जिनीखण्ड काव्य
    त्यस्तै मैना छ गनति लुनी आदि हुन् गीति काव्य
    यो लक्ष्मीसंग्रहित कविता रत्नसुन्को बिहानी
    सौनाघे है सुसृजन भिखारी ब्यथाका कहानी।।५।।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij