Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

सर्वदलीय संयन्त्र बनाउने दाहालको प्रस्ताव ओलीले स्वीकार गरेनन्

  • बर्दिया टुडे
  • 2.3K
    SHARES
  •  

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको उल्लेख गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बनाउने भनेको सर्वदलीय संयन्त्रको प्रस्ताव अस्वीकार गरेका छन्।

    उनले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग शनिबार भिडियो कन्फरेन्स गर्दै भने,’सरकारभन्दा बाहिर कुनै संयन्त्र आवश्यक छैन।’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार प्रधानमन्त्रीले सरकार स्वयंले अथाेरिटीका साथ काम गरेकाे हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्ताे गरी सरकारले काम गराेस् भन्नेजस्ताे नगर्न सबैलाई स्पष्ट पारेका थिए।

    उनले भारतमा संक्रमण फैलिने क्रम बढिरहेकाे देख्दादेख्दै नेपालमा लकडाउन खुला गर्ने कुरा हुननसक्ने उल्लेख गर्दै यसमा नरम बनेर लापरबाही नगर्न पनि सबैलाई सचेत गराए।

    नेकपाका अध्यक्ष दाहालले बिहीबार इमेज च्यानललाई दिएको अन्तर्वार्तामा कोरोना महामारीको जोखिम रहेको अहिलेको अवस्थामा सर्वदलीय संयन्त्रको आवश्यकता रहेको टिप्पणी गरेका थिए।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij