Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

थर्मोगनको कालोबजारी गर्ने शंकर ग्रुपका सञ्चालक अग्रवाल पक्राउ

  • बर्दिया टुडे
  • 2.7K
    SHARES
  •  

    शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् ।

    कोरोना परीक्षण गर्ने ६७ वटा इन्फ्रारेड थर्मल गनसहित उनलाई पक्राउ गरिएको हो । ५ हजार रुपैयाँमा पाइने उपकरणलाई १५ हजार रुपैयाँभन्दा धेरै मूल्यमा बिक्री गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    अग्रवाल काठमाण्डौको नक्सालबाट पक्राउ परेका हुन् । किर्गिस्तानको अवैतनिक राजदूतसमेत रहेका अग्रवालले त्यही हैसियतमा कूटनीतिक सुविधा पाउने गाडी प्रयोग गरी ती सामान कालोबजारी गरेको महाशाखाले जनाएको छ ।

    २०९ एचसीसी १ नम्बरको गाडीमा थर्मल गन बेच्दै हिँडेको अवस्थामा महाशाखाले फेला पारेको हो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij