Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित

  • बर्दिया टुडे
  • 7.8K
    SHARES
  •  

    कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ ।

    कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो ।

    तर, कोरोना संक्रमणको जोखिमका कारण यी दुवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाको नयाँ तालिका अवस्थामा सुधार भएलगत्तै सार्वजनिक गर्ने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।

    बोर्डले परीक्षा स्थगित गरिएको जानकारी दिँदै प्रदेश परीक्षा व्यवस्थापन कार्यालय तथा शाखा कार्यालयहरुलाई सोहीअनुसार गर्न निर्देश गरेको छ ।

    यसअघि सरकारले कोरोनाको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई)पनि स्थगित गरेको थियो । अन्तिम समयमा परीक्षा स्थगित गरिएको भन्दै कतिपयले सरकारको आलोचना गरेका थिए ।


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij