Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नेकपा सचिवालय बैठक आज दिउँसो ४ बजे बस्दै

  • बर्दिया टुडे
  • 2.2K
    SHARES
  •  

    कोरोना भारइस (कोभिड १९)को संक्रमण नियन्त्रण र देशको पछिल्लो अवस्थाबारे छलफल गर्न सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ ।

    चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्रीमा अनियमितता भएको र सामाग्री किन्ने जिम्मा सेनालाई दिने निर्णयमाथि विवाद भएपछि सचिवालय बैठक बोलाउन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब परेको थियो ।

    सरकारले गरेका निर्णयले पार्टी संगठनलाई क्षति पुग्ने अवस्था आएको भन्दै सचिवालयकै नेताहरुले बैठक बोलाउन माग गरेका थिए । पछिल्लोपटक चैत ५ गते बैठक बसको थियो । त्यसयता नेकपाको सचिवालय बैठक बसेको छैन् ।

    पार्टीका बरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका सचिवालय सदस्यहरुले सार्वजनिक रुपमै सचिवालय बैठक बोलाउन माग गरेका थिए । प्रवक्ता श्रेष्ठले ट्विट गरेर बैठक बोलाउन माग गरेका थिए ।

     


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij