Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

एक मधेश एक प्रदेश हुन सक्दैनः उपसभापति गच्छदार

  • बर्दिया टुडे
  • 2.3K
    SHARES
  • ललितपुर-मधेशी दलका नेता तथा नेपाली काङ्गेसका उपसभापति विजयकुमार गच्छदारले देशमा ‘एक मधेश एक प्रदेश’मा जान नहुने बताएका छन्।

    गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन एवं नेपाली काङ्गेसबाट गोदावरी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले संयुक्तरुपमा आयोजना गरेको शुभ दीपावली, नेपाल सम्वत् ११४० एवं छठ पर्व २०७६ को अवसरमा आज आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा’ काङग्रेसका उपसभापति गच्छदारले पार्टीको स्वार्थभन्दा माथि उठेर मुलुकलाई विभाजन गर्न नहुने बताए।


    ADVERTISEMENT

    images

    उनले भने, “म भन्दा ठूलो पार्टी हो । पार्टीभन्दा ठूलो मधेश हो। मधेशभन्दा ठूलो मेरो देश भएकाले यसलाई विभाजन गरेर मुलुकले समृद्धि हासिल गर्न सक्दैन।” आफू अहिले सत्तामा नरहेको बताउँदै उनले थारु र जनजातिको हकमा लडेको मान्छेले समग्र मुलुकको हितमा लड्नुपर्छ भनी यस पार्टीमा लागि परेको बताए।

    गच्छदारले भने, “यस पार्टीमा रहेर महङ्गी र भ्रष्टाचार लगायतका कुरा नियन्त्रण गर्नमा रचनात्मक भूमिका निर्वाह गर्दैछु।” गत चुनावमा नेपाली काङ्गेसले हार बेहोरेकोमा आगामी चुनावमा विजय हासिल गर्न लागिपरेको उनले जानकारी दिए।

    गच्छदारले नयाँ युवा पुस्तालाई पुराना व्यक्तिको कदर गर्दै उनीहरुको योगदानलाई विर्सनु नहुने बताए। देश निर्माणमा युवापुस्ता अनुशासित भएर अघि बढ्नुपर्ने गच्छेदारको भनाइ थियो। गच्छदारले आफ्ना कार्यकर्तालाई उच्च मनोबल र दृढताका साथ प्रजातान्त्रिक लोकतन्त्रमा अघि बढ्न आग्रह गरे।

    ललितपुर काङ्गेस सभापति मदनबहादुर अमात्यले पञ्चायती र व्यक्तिवादी प्रवृत्तिबाट माथि उठेर लोकतान्त्रिक प्रवृत्तिमा लाग्न कार्यकर्तालाई आग्रह गरे। कार्यक्रममा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले देशमा मनाइने चाडपर्वले सबै मानिसको कामना पूरा गरोस् भन्ने शुभकामना व्यक्त गरे।

    नगरपालिका प्रमुख गजेन्द्र महर्जनले सबै नगरवासीको साथमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। सो नगरपालिकाका उपप्रमुख मुना अधिकारीले नेपाली काङ्गेसको जागरण अभियानले मुलुकमा ऊर्जा भरेको दावी गरे। देश सञ्चार बाट

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij