Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

मध्यावधि चुनावबारे कांग्रेसकाे यस्ताे छ आधिकारिक धारणा

  • बर्दिया टुडे
  • 3.4K
    SHARES
  •  

    नेपाली कांग्रेसले अहिलेको अवस्थामा पार्टीले सहमतिको सरकार र चुनावको कुनै माग नगरेको स्पष्ट पारेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले व्यक्तिगत मतहरुलाई पार्टीसँग गाँसेर अतिरंजित व्याख्या नगर्न आग्रह गरेका छन् ।

    ‘व्यक्तिगत मतहरु केवल व्यक्तिगत हुन्छन्, पार्टीलाई गांसेर अतिरंजित ब्याख्या नगरौं । संस्थागत रूपमा नेपाली कांग्रेसको धारणा प्रष्ट छ ।न सहमतिको सरकार न चुनाव । यो संकटको घडी जिम्मेवार ढंगले सरकारलाई हरसंभव साथ,तर ढिलासुस्ती,अनियमितता र भ्रस्टाचार विरुद्ध खरो खबरदारी ’, प्रवक्ता शर्माले ट्विट गरेका छन् ।

    कांग्रेस नेता डा. प्रकाश शरण महतले एक अन्तर्वार्तामा मध्यावधि चुनावको माग गरेको भन्दै कांग्रेसको आलोचना भइरहेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij