Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कांग्रेस सहमहामन्त्री डा. महतको स्पष्टीकरण : मैले मध्यावधि चुनाव हुनुपर्ने माग गरेको छैन

  • बर्दिया टुडे
  • 2.8K
    SHARES
  •  

    नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले मध्यावधि चुनाव हुनुपर्ने माग गरेको भनेर विभिन्न सञ्चारमाध्यममा आएका समाचारको खण्डन गरेका छन् । डा. महतले आफूले यथाशक्य छिटो कोरोना संकटबाट मुलुकलाई मुक्त गराउन सरकार असफल भइरहेको, तर, मध्यावधि चुनाव हुनुपर्ने माग आफूले नगरेको बताएका छन् ।

    डा. महतले आइतबार विज्ञप्ति निकालेर आफूले बोल्दै नबोलेको कुरालाई राखेर समाचार लेखिएको भन्दै आपत्ति जनाएका छन् । पूरै अन्तर्वार्ता नसुनी मध्यावधि निर्वाचनको माग गर्‍यो भनेर प्रचार गरिएकोमा आफ्नो गम्भीर ध्यानाकषर्ण भएको उनले बताएका छन् ।

    उनले विज्ञप्तिमा भनेका छन्, ‘हालै एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा मैले बोलेका कुराको प्रसंगलाई तोडमोड गरेर एउटा अनलाइनमा मैले मध्यावधि निर्वाचनको माग गरेको भनी हेडलाइन राखेकै आधारमा र पूरै अन्तर्वार्ता नसुनी मध्यावधि निर्वाचनको माग गर्‍यो भनेर प्रचार गरिएकोमा मेरो गम्भीर ध्यानाकषर्ण भएको छ।’

    उनले अफवाहका पछाडि नलाग्न र सत्य तथ्यका आधारमा मात्रै धारणा बनाइदिन विज्ञप्तिमार्फत अनुरोध गरेका छन् । उनले भने, ‘अहिले मध्यावधि चुनाव हुनुपर्छ भनेर भनेको छैन । यस्तो बेला कसले मध्यावधि चुनाव हुनुपर्छ भन्छ ?’

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij