भारतमा कोरोना संक्रमितको संख्या ३ हजार नाघ्यो, एकैदिन १४ जनाको मृत्यु
बर्दिया टुडे
चैत्र २२, २०७६ शनिवार
०९:०२:२३ मा प्रकाशित
3.6K
SHARES
3.6K
SHARES
भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३ हजार नाघेको छ । बुधबार मात्रै त्यहाँ ५१६ नयाँ संक्रमित थपिँदा १४ जनाले ज्यान गुमाएका छन् ।
योसहित भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८६ पुगेको छ । त्यहाँ २२९ संक्रमित भने उपचार गरेर घर फर्किसकेका छन् । भारतमा पहिलो पटक १५ अप्रिलमा कोरोना संक्रमित भेटिएका थिए ।
यस्तै, पाकिस्तानमा संक्रतिमको संख्या २७ सय पुगेको छ । त्यहाँ कोरोना संक्रमणबाट ४० जनाको ज्यान गइसकेको छ ।
गत डिसेम्बरमा चीनको वुहानमा देखिएको यो भाइरस विश्वका २०५ देशमा फैलिसकेको छ । शनिबार बिहानसम्म ११ लाख १७ व्यक्ति संक्रमित हुँदा ५९ हजार बढीले ज्यान गुमाइसकेका छन् ।
२ लाख २९ हजार कोरोना संक्रमित भने उपचारपछि घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढी व्यक्ति अमेरिकामा प्रभावित भएका छन् ।
वल्डमिटर इन्फाेकाे पछिल्लो तथ्यांअनुसार त्यहाँ २ लाख ७७ हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये अमेरिकामा ७ हजार ४ सयको ज्यान गइसकेको छ ।
इटालीमा सबैभन्दा बढी १४ हजार ६ सय व्यक्तिको कोरोना संक्रमणबाट ज्यान गएको छ । शिलापत्र बाट