Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

प्रधानमन्त्रीको सूचना-प्रविधि सल्लाहकार हटाउन नेता शेखरको माग

  • बर्दिया टुडे
  • 2.4K
    SHARES
  •  

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीका सूचना-प्रविधि सल्लाहकार असगर अलीको लगानी रहेको सिरान टेक्नोलोजीले ‘काठमाडौ प्रेस’ (अनलाइन) मा प्रकाशित समाचार साइट ह्याक गरी साइटबाट हटाइदिएको विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

    आज (२१ चैत) प्रेस विज्ञिीपत प्रकाशित गर्दै नेता कोइरालाले यस घटनालाई संसारमै नहुने बिरलै कोटीको प्रेस र अभिब्यक्ति स्वतन्त्रता हननको निकृष्ट नमूना भएको बताएका छन् ।

    संसारमा कतै पनि प्रकाशित समाचारलाई लिएर विमति हुँदैमा वेभ डेभलपरले यसरी समाचार हटाउन पाउँदैनन् भन्दै डा. कोइरालाले प्रधानमन्त्री ओलीले आफ्ना सूचना प्रविधि विज्ञलाई तुरून्त पदबाट बर्खास्त गर्नुपर्ने जिकिर गरेका छन् । साथै, सिरान टेक्नोलोजीले यस घटनाप्रति माफी मागीसकेको अवस्थामा सरकारले अब कानुनी कारबाही अगाडी बढाउनु पर्ने र यस घटनामा संलग्न दोषीहरूमाथि कारबाही गरिनुपर्ने नेता कोइरालाको माग छ ।

    सूचना प्रविधि विज्ञ भनिएका अली संलग्न रहेको कम्पनीले देशका धेरै निजी कम्पनीहरूको एप्लिकेशन बनाएको सार्वजनिक भएको उल्लेख गर्दै विज्ञप्तिमा भोली यसरी नै सिरान टेक्लोनोजीले झैँ सूचना प्रविधिको पहुँच दुरूपयोग गरी अली संलग्न कम्पनीले निजी बैंकमा रहेको अर्बौं रूपैयाँ तलमाथि गरे त्यसको परिणाम के हुन्छ भनी प्रश्न गरिएको छ ।

    समाचार साइट ह्याक गर्नैको हातमा २२ बटा वाणिज्य बैंक र २६ बटा वित्तीय संस्थाको गेटवे हुनुले लाखौँ नेपालीले आफ्नो दुःख परिश्रम गरेर जम्मा गरेको अर्बौं रूपैयाँको जोखिम बढाएको भन्दै नेता डा. कोइरालाले सरकारले तुरून्त यो जोखिमको ब्यवस्थापन गरी उल्लेखित कुनै पनि बैंकमा रहेको नेपाली जनताको एक रूपैयाँ पनि जोखिममा नपर्ने गरी सुनिश्चित गर्न आग्रह गरेका छन् ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij