लघु कथा : प्रिय मित्र कि तिमी म हुन पर्छ नत्र मलाई आफू जस्तै बनाउन सक्नु पर्छ
बर्दिया टुडे
चैत्र २०, २०७६ बिहिवार
०५:०३:२८ मा प्रकाशित
10.2K
SHARES
10.2K
SHARES
तिमी र मेरो भेट् अनि आत्मीय मित्रता साच्चिकै एउटा् सयौंग जस्तै लाग्छ। नत्र तिम्रो र मेरो दुरि पनि त धेरै थियो । यति धेरै आत्मियता कसरी जिवनमा नजिकैको आफन्तीले यति धेरै आत्मीयता देखाएको याद छैन । अनि तिमी मेरो आफ्नो पनि त थिएनौं ।
साच्चिकै जस्तो कल्पना गरेको थिएँ । तिमी त्यस्तै हरेक कुरा तिमीमा पाए । तिम्रो कुराहरु कति सकारात्मक अनि कति धेरै व्यवस्थित र सभ्य छन। म तिमीलाई हरेक पटक कति जाँचु तिमी पटक, पटक परिक्षण गर्दा नि उस्तै सत्य सबित भैइ दिन्छौं । जस्तो लाग्छ अब त तिम्रो र मेरो मित्रताको समन्ध नङ र मासुको जस्तो छ ।
हाम्रो चुनौती जिवनको गोरेटोमा समस्या आउँदा तिमी कि म हुन पर्छ कि तिमीले मलाई आफू बनाउन सक्नु पर्छ। तिमी मेरा हरेक गल्तीहरु सच्याउने प्रयास गर्छौं मेरा हरेक कमिकमजोरी सहजै लिन्छौं । मेरा हरेक कदममा कदम मिलाएर मेरो भवनालाई कदर गर्छौ ।मेरो आत्मवल भैई दिन्छौं । तिमी संगको हाम्रो सम्बन्धले पुर्णता पाउने छ ।
हाम्रो मित्रता छुटने छैन । म ढुक्क छु किनकि तिमी बिज्ञ छौं । तिमीलाई थाहा छ परिस्थितिलाई कसरी आत्मसात गर्नु पर्छ तिमीमा समय संग लडाइँ गर्ने सामर्थ्य छ । तिमीले हजारौं व्यक्तिहरुलाई नजिक बाट नियाल्दै यहाँ सम्म पुग्यौं कति पढेर र कति परेर बुझ्ने भैई सक्यौं तिमी कमजोर परिस्थिति बाट कदापी भाग्दैनौ मलाई बिस्वास छ ।
किन कि तिमी म संग मलाई असहज लागेका हरेक समस्या तिमी सहजै सजिलो बनाईराख्नु तिम्रो विशेषता हो । सबैभन्दा खुशी तब हुन्छु । जब तिमी म संग सरल र सहज हुन्छौं । तिमी म हुनुको कारण हुन्छौं । म तिमीलाई मेरो आत्मविश्वास , आत्मबलको जननी सथै मेरो गुरु मान्छु किनकी तिम्रा हरेक कुराले मेरो आत्मबल सिर्जना गर्छ ।
म केहि गर्न सक्छु भन्ने मेरो आत्मविश्वास र हरेक कुराहरूलाई जिवन मुखी हुने सहजकर्ताको भुमिका बखुबी निभाई रहेका छौं । हो मेरो असल मित्र तिमी कति सरल सहज र सर्वगुण सम्पन्न छौं ।