Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी

  • बर्दिया टुडे
  • 1.9K
    SHARES
  •  

    स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै उनीविरुद्ध उजुरी दर्ता भएको हो ।


    ADVERTISEMENT

    images

    विवेकशील नेपाली दलका नेता तथा बागती प्रदेशसभा सदस्य रमेश पौडेलले मन्त्री ढकालविरुद्ध बुधबार अख्तियारमा उजुरी हालेका हुन् । सांसद पौडेलले कोरोना रोकथामका लागि चीनबाट किनिएको स्वास्थ्य सामग्रीमा अनियमितता गरेको आरोप लगाएका छन् ।

    स्वास्थ्य मन्त्रालयले बजार भाउभन्दा चार गुणासम्म महँगो मूल्यमा चीनबाट मेडिकल सामग्री किनेको आरोप लगाउँदै प्रदेशसभा सदस्य पौडेलले सरकारको अनियमितताका विषयमा आवश्यक छानविन गर्न अख्तियारमा उजुरी पेस गरेका छन् ।

    स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याएका कोरोना भाइरसको रोकथाममा प्रयोग गरिने सामग्री गुणस्तरहीन र अत्यधिक महँगो भएको भन्ने जनगुनासो बढिरहेकै बेला स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी परेको छ । सरकारले भने अभावका बेला सामान किन्दा महँगो परेको भन्दै बचाउन गर्ने गरेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij